सार्वजनिक बिदा १३ दिन थपिंदै

सार्वजनिक बिदा १३ दिन थपिंदै


सरकारले विभिन्न १३ वटा चाडपर्वहरुमा सार्वजनिक विदा दिने तयारी गरेको छ । गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरावलोकन गर्न बनेको कार्यदलले दिएको सिफारिसका आधारमा सरकारले थप विदा दिने तयारी गरेको हो ।

मन्त्रिपरिषद् बैठकले गठन गरेको मन्त्रिस्तरीय समितिले १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव गरेको छ । गृहमन्त्री रामबहादुर थापा, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले १३ दिन बिदा थप गर्ने प्रस्ताव गरेका हुन् ।

यसैबिच प्रदेश २ ले भोलि (सोमबार) सार्वजनिक विदा दिएको छ ।

Logo