डुबेर दुई युवाको ज्यान गएपछि स्थानीयले जलाए २ वटा डोजर

डुबेर दुई युवाको ज्यान गएपछि स्थानीयले जलाए २ वटा डोजर


धादिङको दरिगांल खोलामा डुबेर दुई युवाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन्।

आक्रोशित स्थानीयले दुईवटा स्काभेटरमा आगो लगाइदिएका छन् । खोलामा जथाभावी उत्खनन् गरेका कारण यस्ता घटना हुने गरेको भन्दै आक्रोशित स्थानीयबासीले खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा आगो लगाइदिएका हुन् ।

शनिबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित दरिगांल खोलामा नुहाउन गएका सुमन स्याङ्तान र भीम घलाङ खोलामा डुबेर बेपत्ता भएका हुन् ।

उनीहरूसँगै नुहाउन गएका अरु दुईजनाले भने पौडेर ज्यान जोगाएका छन् ।

Logo