न्युयोर्क,
विश्वका सर्वाधिक कमाउने महिला खेलाडीको सूचीमा ३७ वर्षीया टेनिस खेलाडी सेरेना विलियम्स शीर्ष स्थानमा रहेकी छिन् । फोब्र्सले सार्वजनिक गरेको सो सूचीमा शीर्ष ११ सम्म टेनिस खेलाडीकै बाहुल्यता रह्यो । अमेरिकाकी सेरेनाले गएको वर्ष २९.२ मिलियन डलर कमाएकी थिइन् ।
२३ ग्रान्डस्लाम उपाधि जितेकी उनले खेलेर भन्दा पनि विज्ञापनले बढी कमाएकी हुन् । उनले पुरस्कारबाट ४.२ मिलियन आर्जन गर्दा विज्ञापनबाट २५ मिलियन डलर कमाएकी छिन् ।
यसै गरि जापानकी नम्बर एक टेनिस खेलाडी नाओमी ओसाका दोस्रो स्थानमा छिन् । उनले १६ मिलियन अमेरिकी डलर कमाएकी छिन् ।
एजेन्सी
प्रतिक्रिया