भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरी पक्राउ

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम येचुरी पक्राउ


नयाँ दिल्ली,
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीलाई शुक्रबार दिउँसो श्रीनगरबाट पक्राउ गरिएको छ ।

येचुरीले पार्टीको लेटरहेडमा जम्मू कश्मीरको राज्यपाल महिकलाई लेखेको पत्रबारे एउटा ट्वीट गरेका थिए । सो पत्रमा उनले मलिकलाई भनेका थिए की उनी र भाकपा नेता डी.राजा, माकपा नेता युसूफ तरीगामीसँग भेट गर्नका लागि विहान ९ः५५ बजे इंडिया फ्लाइटबाट श्रीनगर आइरहेका छन् ।

येचुरीले लेखेका थिए कि टुक्रि सकेको जम्मू कश्मीर विधानसभाको विधायत तरीगामीको स्वास्थ्य ठीक छैन । हल्लै हल्लाकाबीच दिउँसो उनको पार्टीले श्रीनगर पुग्नासाथ उनलाई पक्राउ गरियो भनेर पुष्टि गरेको थियो । आफुलाई यसरी पक्राउ गरेको कार्य गैरकानूनी भएको उनले बताएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार येचुरीलाई पक्राउ नगरेर रोकिएको मात्र थियो । जम्मू कश्मीरलाई अनुच्छेद ३७० बाट हटाउनु भन्दा पहिले ४ अगस्टबाट नै राज्यलाई सञ्चार सेवाहरुबाट पुरै प्रतिबन्ध लगाइएको थियो ।
एजेन्सी

Logo