के गौरा पर्वको विदा कटौती गरिएको हो ?

के गौरा पर्वको विदा कटौती गरिएको हो ?


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न पर्वहरूमा विदाको घोषणा गरेको छ । साउन ८ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पर्वहरूमा विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले साउन १० गते पर्ने रक्षा बन्धन, भाद्र २ गते अँटवारी पर्व, पौष १० गते भुँवा पर्व र माघ १ गते माघे सक्रान्तिका दिन प्रदेशभर सार्वजनिक विदा दिने निर्णण गरेको प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव तेज प्रकाश जोशीले जानकारी दिए ।

प्रदेश सरकारले दिएको विदाप्रति प्रदेशबासीले भने आपत्ति जनाएका छन् । उनीहरूले सुदूरपश्चिमको सबैभन्दा ठूलो पर्व गौरामा विदा नदिएको भन्दै प्रदेश सरकारको आलोचना गरेका हुन् ।

गौरा पर्व सुदूरपश्चिमबासीको सांस्कृतिक पहिचान झल्काउने पर्व भए पनि प्रदेश सरकारले सार्वजनिक विदा नदिएको भन्दै चौतर्फी आलोचना भइरहँदा संघीय सरकारले भने गौरा पर्वमा सार्वजनिक विदा दिएको छ । संघीय सरकारले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा ग्रहण गर्दै भदौं ६ गते सार्वजनिक विदा दिएको हो ।

संघीय सरकारले दिइसकेको विदाका कारण प्रदेशश सरकारले विदा नदिएको उपसचिव जोशीको भनाई छ । ‘संघीय सरकारले विदा दिइसकेको छ । त्यही विदा लागू हुन्छ । त्यसमा प्रदेश सरकारले कुनै विवाद सिर्जना गर्दैन्’ उनले भने ।

संघीय सरकारले गरेका निर्णयहरू प्रदेश सरकारले विदा विवाद स्वीकार गर्दै आएको भन्दै विदाको सवालमा पनि त्यही हुने उनको भनाई छ । प्रदेश सरकारले विदा दिएन भन्दै चिन्ता लिनुपर्नेमा उनको जोड छ । संघीय सरकारले यसअघि नै २०७५ चैत्र १ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै गौरा पर्व मनाउने क्षेत्रमा सार्वजनिक विदा दिएको थियो ।

 

Logo