काभ्रेमा करेण्ट लागेर एकजनाको मृत्यु

काभ्रेमा करेण्ट लागेर एकजनाको मृत्यु


काभ्रेको नालामा करेण्ट लागेर एक बालकको ज्यान गएको छ । बनेपा नगरपालिका वडा नं १ टुकुचाको स्थानीय रिमाल श्रेष्ठको साँढे तीन वर्षको छोरा रिदेश श्रेष्ठ करेण्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार बिहान ९ बजेतिर घरमै पानी तान्ने मेशिनको तारमा खेलिरहँदा करेण्ट लागेको र उपचारको लागि बनेपा ल्याउदै गर्दा उनको बाटोमै मृत्यु भएको हाे ।

Logo