विद्यार्थी कुटपिटपछि मृत्यु प्रकरणः तीन शिक्षक पुर्पक्षका लागि जेल चलान

विद्यार्थी कुटपिटपछि मृत्यु प्रकरणः तीन शिक्षक पुर्पक्षका लागि जेल चलान


कञ्चनपुर । कुटपिटपछि विद्यार्थी मृत्यु प्रकरणमा तीन शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत कञ्चनपुरको आदेशपछि तीन शिक्षक जेल चलान भएका हुन् । शिक्षकको कुटपिटबाट कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मझगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्यु भएको थियो ।

उक्त प्रकरणमा कञ्चनपुर जिल्ला अदालतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रिन्सिपललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । भने तीन शिक्षकलाई धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको थियो ।

दुई दिनसम्म चलेको थुनछेक बहसपछि जिल्ला न्यायाधिश गोपाल प्रशाद बास्तोलाको एकल इजलासले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरन्जन प्रसाद बोहरालाई एक लाख र प्रिन्सिपल यशोदा जोशीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला आदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

तीन शिक्षकहरू लक्ष्मण प्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको श्रेस्तेदार अवस्थीको भनाई छ ।

२५ असारमा मृतक माधवका मामा पुष्पमणी जोशीले अध्यक्ष बोहरा, प्रिन्सिपल जोशीसहित तीन शिक्षक विरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को अनुसुची–१ बमोजिम ज्यान सम्बन्धी कसुर मुद्दा दायर गरेका थिए ।

१३ असारमा कुटिएका विद्यार्थीको १२ दिनमा मृत्यु भएको थियो । कुटपिट भएको १२ औँ दिनमा उनको मृत्युपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

शिक्षकको कुटाईबाट ज्यान गुमाएका विद्यार्थीको ११ दिनपछि अन्त्येष्टी

विद्यार्थी मृत्यु प्रकरणमा प्रिन्सिपलसहित ५ जनाविरुद्ध मुद्दा दायर

शिक्षकको कुटाईबाट १ विद्यार्थीको मृत्यु, प्रिन्सिपलसहित ४ शिक्षक पक्राउ

 

Logo