प्रभु इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न

प्रभु इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न


काठमाडौं,

प्रभु इन्स्योरेन्स लिमिटेडले २३ औं वार्षिक साधारणसभा तथा २४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । तीनकुने काठमाडौं स्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।

कम्पनीले २४ औं स्थापना दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले निर्जीबन बिमा कम्पनीहरू मध्ये प्रभु इन्स्योरेन्सको संस्थागत सुशासन अब्बल रहेको बताए ।

व्यवसायको तुलनामा दाबी भुक्तानी न्यून रहेको तथा अन्य परिसूचकहरू राम्रो रहेकाले कम्पनीको अवस्था धेरै राम्रो रहेको उनले बताए । सोही कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईंले गत आर्थिक वर्ष २०७५/७६ मा बिमा क्षेत्रले धेरै राम्रो प्रगति गर्न सकेको बताए । विगत वर्ष बिमाको पहुँच ६/७ प्रतिशत जनतामा रहेकोमा आव २०७५/७६ मा १९ प्रतिशत जनतामा बिमाको पहुँच पुगेको बताउँदै उनले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बिमा क्षेत्रको योगदान २ प्रतिशत रहेको बताए ।

Logo