प्रचण्ड स्वदेश फिर्ता

प्रचण्ड स्वदेश फिर्ता


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । पत्नी सीता दाहालको उपचारका लागि गत मंगलबार दुबई पुगेका दाहाल गएराती स्वदेश फर्किएका हुन् ।

उनीहरुलाई लिन ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलगायत  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यो नितान्त निजी भ्रमण भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल)ले जानकारी दिए । उनीहरुको दुबई भ्रमण पनि त्यसैको निरन्तरता भएको प्रचण्डको सचिवालयको भनाइ छ ।

सीता प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् । सीताको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनले बताए ।

Logo