काभ्रेमा घुससहित ५ प्रहरी पक्राउ

काभ्रेमा घुससहित ५ प्रहरी पक्राउ


काभ्रेपलाञ्चाेकका ५ जना प्रहरी घुससहित पक्राउ परेका छन् ।

टिपरबाट १ देखि २ हजार रुपैयाँ घुस लिने गरेको उजुरीको आधारमा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हिगुवापाटी ट्राफिक पोष्टका प्रहरी जवान तेजप्रसाद भट्टराई, प्रहरी चौकी पाँचखालमा मोटरसाइकल गस्ती गर्ने प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञान बहादुर लामगादे एवं बनेपा ट्राफिक पोस्टका प्रहरी जवान हरिचन्द्र बाँनिया र प्रहरी हवल्दार रामहरी मानन्धर रहेका छन् ।

उनीहरुले बालुवा लिएर मेलम्चीदेखि काठमाण्डौका लागि छुट्ने टिपरका चालकहरुसंग घुस लिने गरेको अख्तियारले जनाएको छ ।

Logo