जब पत्रकारले टाउको मात्रै देखाएर रिपोर्टिङ गरे

जब पत्रकारले टाउको मात्रै देखाएर रिपोर्टिङ गरे


काठमाडौँ,

पाकिस्तानमा वर्षापछि आएको बाढीसँगै एक भिडियो भाइरल भएको छ । भिडियोमा पत्रकारले टाउको मात्रै देखाएर रिपोर्टिङ गरेका छन् । यसरी बाढीको रिपोर्टिङ गर्ने पत्रकारको भिडियो भाइरल भएको हो । पाकिस्तानी पत्रकार जावेरिया सिद्दिकीले आफ्नो ट्वीटर एकाउन्टमार्फत उक्त भिडियो शेयर गरेका थिए ।

पाकिस्तानी समाचार च्यानल जिटिभीका लागि काम गर्ने आजाद हुसैनले बाढीको रिपोर्टिङ गरेका हुन् । रिपोर्टिङका क्रममा उनको टाउको र माइकको केही भाग मात्रै देखिएको छ । भिडियोमा उनले प्रशासनले खास काम गर्न नसकेको भन्दै सवाल उठाएका छन् । यस क्रममा उनले बाढीले धेरै नोक्सान भएको र मानव बस्ती जाँदै गरेको उल्लेख गरेका छन् ।

यो भिडियो १४ लाख पटकभन्दा बढी हेरिएको छ । भिडियो सामाजिक सञ्जालमा बढी मात्रामा शेयर भएको छ । सामाजिक सञ्जालमा भिडियोलाई लिएर माजक टिप्पणी भएको छ भने केही टिप्पणीमा प्रशंसा भएको छ ।
एजेन्सी

Logo