भिडियोमा हेर्नुहोस नवनियुक्त मन्त्री भट्टराईको सपथ र पदभार ग्रहण

भिडियोमा हेर्नुहोस नवनियुक्त मन्त्री भट्टराईको सपथ र पदभार ग्रहण


काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले आफू रविन्द्र अधिकारीले उत्तराधिकारीको रुपमा आएको बताएका छन् ।

नवनियुक्त मन्त्री भट्टराईले बुधबार अपरान्ह सिंहदरबारमा आफ्नो पदभार ग्रहण गरेलगत्तै संचारकर्मीमाझ आफू अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका हुन् ।

मन्त्री भट्टराईले आफू मन्त्रालयका सचिवदेखि कार्यालय सहयोगीसम्मको सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । आफू निर्देशन दिन नभई मन्त्रालयको टिमसँग सिकेर काम गर्न लागिपर्ने पनि उनको भनाई छ ।

पदभार ग्रहण गर्नु अघि नवनियुक्त मन्त्री भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, सोही मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटासहितले पुष्पगुच्छासहित स्वागत गरेका थिए । यस अघि उनले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।

Logo