नेकपामा ‘हात्ती छिर्यो पुच्छर अड्क्यो’

नेकपामा ‘हात्ती छिर्यो पुच्छर अड्क्यो’


काठमाडौं,
पार्टी एकीकरण भएको डेढ बर्ष अवधिमा जटिल मानिएका सांंगठनिक एकीकरणको काम नेपाल कम्युनिष्ट पार्टीले सम्पन्न गरिसकेको छ । केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेश कमिटीको पदाधिकारी, जिल्ला कमिटीको अध्यक्ष र सचिव, जनवर्गीय संगठनको एकीकरणको काम सम्पन्न गरिसकेको छ ।

एकीकरण अन्तर्गत विभाग र आयोगका प्रमुखहरुको टुंगो लगाउने काम मात्र बाँकी रहेको छ । पटक–पटक सांगठानिक एकीकरणको विवादमा रुमलिदै आएको नेकपा भित्र पूर्व एमाले र पूर्व माओवादी समुहबीच प्रतिष्ठानको विषय समेत बन्न पुगेको छ ।

सांगठानिक एकीकरणको विषयलाई लिएर विवाद उत्कर्ष लामो समयसम्म पनि संवाद नहुने अवस्थाबाट नेकपा गुज्रिदै आएको छ । जटिल मानिएको सांगठानिक एकीकरणको काम सम्पन्न भएर बाँकी एकतालाई पूर्णता दिने अन्तिम तयारीमा पुगेपनि स्कुल विभाग कसले लिने भन्ने विषयलाई प्रतिष्ठा बनाएपछि एक साता अघि नै सम्पन्न हुने एकता प्रक्रिया लम्बिदै गएको छ ।

नेकपाका नेता भीम रावलले जटिल मानिएका काम सम्पन्न भइसकेको अवस्थामा स्कुल विभागलाई नै लिएर विवाद गर्नुपर्ने आवश्यकता नरहेको बताउनु भयो । उहाँले भन्नुभयो–पार्टी एकीकरणको काम अझै बाँकी छन्, तर विभागलाई पूर्णता दिन यति धेरै समय लगाएर विवाद जस्तो नदेखाउदा राम्रो हो ।’

स्कुल विभागको नेतृत्वमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले अडान राखेपछि सचिवालय बैठकमा विवाद हुँदै आएको छ । विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनालबीच पटक–पटक छलफल भएपनि सहमति जुटन सकेको छैन ।

नेकपाका नेता हरिबोल गजुरेलले स्कुल विभागको बारेमा पार्टी अल्झिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो,–‘पार्टी एकीकरणको बाँकी काम सम्पन्न गरेर अगाडि बढनु पर्छ, जति लम्बिदै गयो विवाद मिलाउन त्यति नै जटिलता थपिदै जान्छ ।’ स्कुल विभागको प्रमुखमा ईश्वर पोखरेलले दावी गरेपछि नेकपा भित्र विवाद बढेको हो । उहाँले सार्वजनिक रुपमा जनताको बहुदलिय जनवाद नै पार्टीको कार्य दिशा हुनुपर्ने विषयलाई उठान गरेपछि पूर्व एमाले र पूर्व माओवादीबीच जुहारी नै चलेको थियो ।
नेपाल समाचारपत्रबाट

Logo