काभ्रेबाट वर्षेनी साँढे चार हजार युवा वैदेशिक रोजगारमा

काभ्रेबाट वर्षेनी साँढे चार हजार युवा वैदेशिक रोजगारमा


काभ्रे,
सुरक्षित आप्रवासन (सामी) परियोजना कार्यान्वयनका लागि धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, रोशी गाउँपालिका, भुम्लु गाउँपालिका र परियोजना सहयोग ईकाइ सामी हेल्भेटास बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काभ्रे जिल्लाबाट मात्रै बार्षिक ४ हजार ५ सय ब्यक्तिहरु विदेशिने गरेका छन् । जसमध्ये ९ सय ६७ महिला छन् । ३४ सय ९९ जना पुरुष छन् । जिल्लाबाट बैदशिक रोजगारका लागि जान चाहने ब्यक्तिहरुका लागि उक्त केन्द्रले सूचना, न्याय र सिप प्रदान गर्नेछ भने चारवटा स्थानीय तहका नागरिकलाई त्यसका अलावा मनोसामाजिक परामर्श र वित्तिय साक्षरता समेत प्रदान गर्नेछ ।

 

आर्थिक वर्ष २०७५/०७६ को कार्तिक मसान्तसम्म नेपालबाट बैद्यानिक रुपमा श्रम स्विकृति लिएर विदेशिने नेपालीहरुको संख्या ५१ लाख ९९ हजार ४४ रहेको छ । जस मध्ये ४ प्रतिशत महिला छन् । श्रम स्विकृति नलिने ब्यक्तिहरुको संख्या पनि त्यतिकै रहेको तथ्याङ्कले देखाउँछ ।

त्यसका लागि चारवटै तहको केन्द्रका रुपमा धुलिखेल नगरपालिकामा कार्यलय स्थापना गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३, दफा ११, उप दफा २ (थ) तथा परिच्छेद ६ को दफा २६ (ढ) बमोजिम स्थानीयतहहरु बीच एकआपसमा सहयोग, सहकार्य अभिवृद्धि गर्ने उदेश्यले उक्त समझदारी गरिएको हो । देशका ३९ वटा जिल्लामा उक्त कार्यक्रम शुरु गरिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo