अबदेखि विवाहमा ५१ जना भन्दा वढी जन्ती लैजान नपाइने

अबदेखि विवाहमा ५१ जना भन्दा वढी जन्ती लैजान नपाइने


हेटौंडा,

विवाह, व्रर्तबन्ध लगायतका सामाजिक कार्यहरुमा पछिल्ला दिनहरुमा निकै नै विकृति फैलिएको छ । यहाँ सम्म कि छोरीको विवाह गर्दा अभिभावकहरु आर्थिक भार खप्नै नसक्ने अवस्था पनि उस्तै छ ।  यस्ता कार्य गर्दा हुने खर्च र अन्य विकृतिलाई रोक्न जरुरी भइरहेको बेलामा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले सामाजिक व्यबहार ऐन, २०७५ गाउँसभाबाट पास गरी लागु गर्ने तयारी गरेको छ ।

गाउँपालिकाले जारी गरेको ऐनमा विवाह गर्दा दाइजो लिनदिन नहुने उल्लेख छ । यस्तै विवाहमा सहभागी हुँदा केटी वा केटा पक्षबाट आमन्त्रण गरिएका छरछिमेकी र इष्टमित्रले एक हजार भन्दा बढीको जिन्सी उपहार वा नगद लिनदिन नहुने पनि उल्लेख गरिएको छ ।

जन्ती जाँदा बाजागाजासहित ५१ जना भन्दा बढी लैजान नहुने पनि ऐनमा उल्लेख छ । केटा वा केटी पक्षले विवाह भोजमा नजिकका नातेदारबाहेक छरछिमेक र इष्टमित्रमध्ये ५१ जना भन्दा बढीलाई आमन्त्रण गर्न नपाइने ऐनमा जनाइएको छ ।

न्वारन, जन्मदिवस, पास्नी, चुडाकर्म र पितृकार्य गर्दा कार्यसँग सम्बन्धित नजिकका नातेदारबाहेक छरछिमेक, इष्टमित्र मध्ये २५ जना भन्दा बढीलाई आमन्त्रण गर्न नहुने र त्यस्ता कार्यमा सहभागी तथा आमन्त्रितले एक हजार भन्दा बढी नगद वा सो भन्दा बढीको जिन्सी सरसामान दिनलिन नहुने जारी ऐनमा उल्लेख छ ।

Logo