कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै

कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा (आज) सोमबार सार्वजनिक गर्ने भएको छ । आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरि सकिएको बोर्डले जनाएको छ ।

आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले (आज) सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो । नतिजा प्रकाशनका लागि सोमबार साँझ बोर्ड बैठक बोलाइएको छ ।

गत वैशाखमा सम्पन्न परीक्षामा मुलुकभरबाट चार लाख परीक्षार्थी सहभागी थिए । बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो । यस पटक भने एकै पटक नतिजा प्रकाशन गर्न लागेको हो ।

Logo