ट्वान्टी २० विश्वकप : आज नेपाल र सिंगापुर भिड्दै

ट्वान्टी २० विश्वकप : आज नेपाल र सिंगापुर भिड्दै


काठमाडौं,

आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल र आयोजक सिंगापुरविच खेल हुँदैछ । यस अघिका ३ खेलमा २ खेल जितेको नेपालले आजको खेल पनि जितेमा टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछ । खेल केहिबेरमा शुरु हुँदैछ ।

आजको खेल नेपालका लागि मुख्य र महत्वपूर्ण हुने नेपाली टोलीका कप्तान पारस खड्काले बताएका छन् । विश्वकप छनोट खेल्ने नेपालको सपना पूरा गर्न सिंगापुर विरुद्धको खेल निकै महत्वपूर्ण रहेको बताउदै पारसले सिंगापुर टिम पनि बलियो रहेको र उसको होम मैदान रहेकाले टिमले पनि त्यही अनुसारको योजना बनाएर खेल्न सक्ने बताए । यसको लागि आफूहरु पनि सर्तक रहेको उनको भनाई थियो ।

Logo