जब झाँक्रीले झारफुक गर्ने बहानामा किशोरीको कपडा खोले

जब झाँक्रीले झारफुक गर्ने बहानामा किशोरीको कपडा खोले


ललितपुर । झारफुक गर्ने बाहनामा १६ वर्षीया किशोरी बलात्कार गर्न खोज्ने एक झाँक्री पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय झाँक्री सर्बु राई रहेका छन् । उनलाई ललितपुर महानगरपालिका १५ वडाको सामपाङ चोकबाट जबरजस्ती गर्न खोजेको आरोपमा महानगरीय प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको हो ।

टाउको र शरीर दुख्ने समस्या देखिएपछि ती किशोरी साउन ७ गते झाँक्रीकहाँ पुगेकी थिइन्। उपचार गर्दा कसैले देख्न नहुने झाक्रीले बताएका थिए । उनले झारफुट गर्ने बाहनामा किशोरीमाथि जबरजस्ती गर्न खोजेपछि उनी भाग्न सफल भएको महानगरीय प्रहरी वृत्त सातदोबाटो प्रमुख गौतम मिश्रले जानकारी दिए ।

झाँकीले कोठाभित्र लगेर पर्दा लगाएपछि आँखा बन्द गर्न लगाए। त्यसपछि रोग निको हुनका लागि लगाएको कपडा फुकाल्नुपर्ने दबाब दिए । उनी आफैले किशोरीले लगाएको टिसर्ट माथि सारेर जबरजस्ती गर्न खोजेपछि त्यहाँबाट भागिन् ।

घटनाबारे किशोरीले आफ्ना अभिभावकलाई जानकारी दिएपछि उक्त घटना बाहिर आएको हो। झाँक्री राइले प्रहरीसमक्ष आफूले जबरजस्ती गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। झापा विर्तामोड स्थायी घर भएका ४० वर्षीय झाँक्री राइविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरिएको छ ।

Logo