वर्षातको मौसममा छालाको हेरचाह कसरी ?

वर्षातको मौसममा छालाको हेरचाह कसरी ?


वर्षाले गर्मीबाट राहत दिने त छँदै छ, शरीरमा आद्रता र शीतलता समेत प्रदान गर्छ । यद्यपि यो मौसममा अन्य मौसममा जसरी शरीरको हेरचाह गरेर हुँदैन । खानपान एवं अन्य जीवनशैलीमा ल्याउने परिवर्तनजस्तै सौन्दर्यको स्याहारमा पनि केही परिवर्तन गर्नु आवश्यक हुन्छ । विशेष गरी सौन्दर्यमा छालाको भूमिका महत्वपूर्ण हुने भएकाले यो मौसममा छालाको आवश्यकता बुझेर त्यसैअनुसार छालाको हेरचाह गर्ने योजना निर्माण गर्नुपर्छ ।

वर्षाको मौसममा छालालाई अतिरिक्त स्याहार आवश्यक पर्छ । त्यसैले आफ्नो छाला सामान्य, तैलीय, सुख्खा वा मिश्रित कुन प्रकारको छ सोहीअनुसार हेरचाहको समय तालिका (रुटिन) बनाएर त्यसको पालन गर्नुपर्छ ।

क्लिन्जिङ, टोनिङ तथा मोस्चराइजिङलाई आफ्नो रुटिनमा समावेश गर्नुपर्छ ।

साबुनरहित क्लिन्जर एवं स्क्रव प्रयोग गर्नुपर्छ । यसले छालाको मोस्चर लेवल कायम राख्छ ।

छालालाई सुक्खापनबाट जोगाउन अल्कोहल फ्री टोनर प्रयोग गर्नुपर्छ ।

वर्षा ऋतुमा छालालाई सनस्क्रिन प्रोटेक्सन आवश्यक पर्छ । त्यसैले दिनहुँ सनस्किन प्रयोग गर्नु उपयुक्त हुन्छ । हरेक दुई घन्टामा अनुहारमा पानी छम्कनुपर्छ । यसो गर्दा हरदम तरोताजा देखिन मद्दत मिल्छ ।

हप्तामा दुई पटक स्क्रब गर्नुपर्छ । यसले छालाको मृतकोष हटाउन सघाउँछ । यद्यपि यो ऋतुमा बारम्बार फेसियल तथा ब्लिचिङ गराउनु राम्रो मानिँदैन किनभने यसो गर्दा छाला सुक्खा हुन्छ ।

आकाशको पानीले अनुहार भिजेका खण्डमा टिस्यु पेपर वा नरम कपडाले पुछ्नुपर्छ । यसो गरे इन्फेक्सनको खतरा कम हुन्छ ।

वर्षा यामको खानपानमा भिटामिन ई तथा ओमेगा थ्रीयुक्त खानेकुरा समावेश गर्नुपर्छ । यसले छाला चमकदार बनाउन सहयोग गर्छ ।

वर्षा ऋतुमा पानी परिरहने भएकाले त्यसको असरबाट जोगिन वाटरप्रुफ मेकअप गर्नुपर्छ ।

Logo