चन्द्रमामा पहिलो मानव पाइलाको ५० औँ वर्ष पूरा (रोचक तस्बिरसहित)

चन्द्रमामा पहिलो मानव पाइलाको ५० औँ वर्ष पूरा (रोचक तस्बिरसहित)


एजेन्सी । चन्द्रमामा मानिसले पहिलोपटक पाइला टेकेको ५० वर्ष पुरा भएको छ । आजभन्दा ५० वर्षअघि सन् १९६९ को जुलाई २०–२१ मा एपोलो ११ अन्तरिक्षयान मार्फत अमेरिकी अन्तरिक्षयात्री नील आम्स्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिन्सले चन्द्रमामा पाइला टेकेका थिए ।

चन्द्रमामा पाइला टेक्न रकेटतर्फ लाग्दै अन्तरिक्षयात्री टोली । तस्बिरः द एटलान्टिक

चन्द्रमामा मानिसले पहिलोपटक पाइला टेकेको ५० औँ वर्षगाँठ विश्वभर विविध कार्यक्रम गरी मनाईँदैछ । अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको ६ घण्टा ३९ मिनेटपछि नीलले चन्द्रमामा पाइला टेकेका थिए । उनी चन्द्रमामा पाइला टेक्ने पहिलो मानव हुन् ।

उनले चन्द्रमामा पाइला टेकेको १९ मिनेटपछि एल्ड्रिनले चन्द्रमामा पाइला टेकेका थिए । त्यसपछि कोलिन्सले पाइला टेकेका थिए । उनीहरुले सवा दुई घण्टा अन्तरिक्ष यान बाहिर चन्द्रमामा बिताएका थिए । उनीहरुले साढे २१ किलो चन्द्रमाको माटो तथा ढुंगासहितका सामग्री पृथ्वीमा ल्याएका थिए ।

मानवले चन्द्रमामा पाइला टेक्दा जुलाई २१ भएको थियो, तर एपोलो ११ जुलाई २० मै चन्द्रमाको सतहमा अवतरण भएको थियो । नेपाली समय अनुसार सन् १९६९ को जुलाई २१ को बिहान ९ बजेर २१ मिनेट जाँदा नील एपोलोबाट बाहिर निस्केर चन्द्रमाको सतहमा आफ्नो पाइला राखी इतिहास बनाएका थिए ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एपोलो ११ मिसनको भिडियो फुटेज अनलाइन स्ट्रिमिङ्ग गरेर ५० औँ वर्षगाँठ मनाएको छ । ५० वर्षअघि भएको ऐतिहासिक कार्यको साक्षी नयाँ पुस्ता पनि बनुन् भनेर नासाले सो क्षणको भिडियो देखाएको हो ।

Logo