विद्यालयमा कोट र टाइ नलगाएको भन्दै प्रिन्सिपलबाटै शिक्षक कुटिए

विद्यालयमा कोट र टाइ नलगाएको भन्दै प्रिन्सिपलबाटै शिक्षक कुटिए


भोजपुर । विद्यालयमा कोट र टाइ नलगाएको भन्दै एक शिक्षक प्रधानाध्यापकबाटै कुटिएका छन् । भोजपुर सदरमुकाममा रहेको सगरमाथा इंलिस बोर्डिङ स्कूलका शिक्षक अतित अधिकारी आफ्नै विद्यालयका प्रधानाध्यापकबाट कुटिएका हुन् ।

गएको आइतबार विद्यालयमा टाइ र कोट नलगाएको भन्दै प्रधानाध्यापक रमेश आलेले कुटपिट गरेको भन्दै शिक्षक अधिकारीले विभिन्न निकायमा उजुरी दिएका छन् ।

आइतबार विद्यालयको पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशित गर्ने दिन थियो । त्यहि दिन पढाइसकेपछि उनी स्टाफ रुममा टाइ र कोट झुण्ड्याएर गए । त्यो उनको दैनिकी थियो । भोलिलिपल्ट विद्यालय समयमा लगाएर आउथेँ, आइतबार खाना खाएर सर्ट र पेन्ट लाउँदै गर्दा सहयोगीमार्फत उनलाई प्रधानाध्यापकले बोलाए ।

त्यसपछि उनी प्रधानाध्यापकको कोठामा गएँ । प्रअले उनलाई खलासीजस्तो भएर आउने भनेर गाली गरे । ‘म कसैको गाली खान आएको हैन मलाई खलासी नभन्नुहोस् भन्दा प्रधानाध्यापक आलेले कार्यालय बाहिर ल्याएर कुटपिट गरे ।’ शिक्षक अधिकारीले भने ।

यो भन्दा अघि पनि पटक–पटक विभिनन बाहानामा प्रधानाध्यापकले धम्की दिने गरेको उनको भनाई छ । अधिकारीले आफूलाई गालामा र ढाडमा कुटपिट गरेको बताए ।

अधिकारीले न्यायका लागि शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ र जीफन्टलाई बोधार्थमार्फत लिखित निवेदन दिएका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले आफूकहाँ कारवाहीको माग गर्दै निवेदन लिएर आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरी समाधान गरिदिन लेखि पठाएको बताए ।

ताप्लेजुङको सिरिजंघा गाउँपालिका –१ घर भएका २८ वर्षीय अधिकारी पाँच महिनादेखि उक्त विद्यालयमा कक्षा ७ देखि १० सम्म अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँदै आएका थिए ।

निजी तथा आवासीय विद्यालयहरुको संगठन ‘प्याब्सन’ का भोजपुर अध्यक्षसमेत रहेका विद्यालयका प्रधानाध्यापक आलेले अधिकारीलाई सम्झाएको, उनले पाउने पारिश्रमिकको चेक बनाएर दिएको बताए । नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तीर्थकुमार राईले एउटा श्रमजिवीमाथि कुटपिट हुँदा आपत्ती जनाए ।

Logo