बाढी र वर्षाले राजधानीमा तरकारीको भाउ वढ्यो

बाढी र वर्षाले राजधानीमा तरकारीको भाउ वढ्यो


काठमाडौँ,
केहि दिनदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा तरकारीको भाउ आकासिएको छ । भारी वर्षाले बाढी र पहिरो जाँदा यातायात आवागमन प्रभावित भई आपूर्ति हुन नसक्दा तरकारीको मूल्य बढेको हो । एक साताको अवधिमा हरेकजसो तरकारीमा प्रतिकिलो २० देखि ३० रुपैयाँ वृद्धि भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै गोलभेडा, बोडी, सिमी, गाजर, काउलीलगायतका तरकारीको मूल्य बढेको छ । गोलभेडा, बोडी, सिमीमा प्रतिकिलो २० रुपैयाँ मूल्य बढेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा २५ असारमा गोलभेडाको मूल्य प्रतिकिलो १ सय रहेकोमा मंगलबार १२० रुपैयाँ पुगेको छ । यसैगरी, सिमी प्रतिकिलो १४० बाट बढेर १६० रुपैयाँ पुगेको छ । बोडी प्रतिकिलो ११० बाट १४० रुपैयाँ पुगेको छ । गाजर प्रतिकिलो ११० बाट १२०, भन्टा ८० बाट ९०, काउली ९० बाट १ सय, बन्दा ५० बाट ६०, लौका ८० बाट ९० र फर्सी ८० बाट ९० रुपैयाँ पुगेको छ ।
राजधानीबाट

Logo