अस्ट्रेलियामा शक्तिशाली भूकम्प

अस्ट्रेलियामा शक्तिशाली भूकम्प


अस्ट्रेलियामा शक्तिशाली भूकम्प गएको छ ।

उत्तरपश्चिमी तटीय क्षेत्र केन्द्रविन्दु भएर आइतबार ६.६ म्याग्नीच्युडको भूकम्प गएको हो । चर्चित बिच रिसोर्ट ब्रुमबाट १२६ किलोमिटर टाढा केन्द्रविन्दु भएको भूकम्प स्थानीय समयअनुसार मध्यान्ह १:३९ बजे गएको थियो।

भूकम्पको धक्का १ मिनेटसम्म महसुस गरिएको स्थानीयले जनाएका छन् । यो उत्तरपश्चिमी तटीय क्षेत्रमा ३० वर्षयताकै शक्तिशाली रहेको बताइएको छ ।

भूकम्पको धक्का महसुस गर्नेबित्तिकै मानिसहरू घरबाहिर भागेका थिए । इण्डोनेशियासम्म महसुस भएको भूकम्पका कारण कुनै मानवीय क्षति भएका समाचार आएका छैनन्। तर, स्थानीय डिपार्टमेन्ट स्टोरका छाना भत्किएका र सामान यत्रतत्र छरिएका तस्बिर सामाजिक सन्जालमा आएका छन्।

Logo