मकवानपुरको थाहानगरमा २ जनालाई बाढीले बगायो

मकवानपुरको थाहानगरमा २ जनालाई बाढीले बगायो


मकवानपुरको थाहा नगरपालिका ३ दम्कीमा महाभिर खोलाले बगाएर दुई जना घाइते भएका छन् ।

सन्चना बलामी र उनका फुपाजु सन्तोस बलामीलाई बाढीले बगाएको हो । स्थानीय जनकल्याण माबिमा कक्षा ६ मा अध्ययनरत उनलाई बिद्यालयबाट घर फर्किने क्रममा बाढीले बगाएको स्थानीय सानोबाबु मोक्तानले जानकारी दिए।

बालिकाको अवस्था गम्भीर रहेको र पालुङ् स्वास्थ्य चौकीमा उपचार भैरहेको मोक्तानले जानकारी दिए।

अविरल वर्षासंगै थाहानगरमा अहिले बिधुत आपूर्ति समेत बन्द भएको छ। मोबाइल फोनको नेटवर्कमा पनि समस्या देखिएको छ।

Skip This
Logo