बाढीले बगाउँदा भोटेकोशीमा २ जना बेपत्ता

बाढीले बगाउँदा भोटेकोशीमा २ जना बेपत्ता


चौतारा,

बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत चाकु ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।

अविरल वर्षापछि चाकु खोलामा आएको बाढीले बगाउँदा शिवश्री हाइड्रो पावरद्वारा निर्माणाधीन आयोजना निर्माणस्थल प्रमुख यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार यादव बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

घाइते भोटेकोशी गाउँपालिका–५ का कामी तामाङ र भोटेकोशी–४ का तेम्वा चोक्याल शेर्पालाईे हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । घाइते दुवैको ललितपुरस्थित बि एण्ड वी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बाढीले बगाउँदा २२ दशमलव २ मेगावाट क्षमताको सो आयोजनालाई क्षति पु¥याए पनि विस्तृत विवरण आउन बाँकी भएको प्रहरीले जनाएको छ ।
रासस

Logo