नहरमा स्कुल बस खस्दा दुई शिक्षिका र एक विद्यार्थी घाइते

नहरमा स्कुल बस खस्दा दुई शिक्षिका र एक विद्यार्थी घाइते


विराटनगर । नहरमा स्कुल बस खस्दा तीन जना घाइते भएका छन् । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित गोकुवा चोकनजिकै नहरमा जेभियर्स बोर्डिङ स्कुलको बस खस्दा दुई शिक्षिका र १ विद्यार्थी घाइते भएका हुन् ।

१ ख १९८२ नम्बरको बसमा सवार दुई शिक्षिका र एक विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बस विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई साइड दिने क्रममा चिप्लिएर नहरमा खसेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा सोही विद्यालयकी शिक्षिका बुढीगंगा-३ की २२ वर्षीया सम्झना अधिकारी, २४ वर्षीया रिविसा घिमिरे र कक्षा ३ की ८ वर्षीया बालिका सुरक्षा पौडेल घाइते भएका छन्। घाइते सबैको विराट टिचिङ अस्तालमा उपचार भइरहेको छ। बसमा एक चालक, दुई शिक्षिका र १६ जना विद्यार्थी गरेर १९ जना थिए ।

बस पल्टिएर नहरमा खसेपछि बसमा सवार सबैलाई पानीमा भिजेको अवस्थामा उद्धार गरिएको थियो। पानी बगिरहेको नहरमा बस खसे पनि तत्काल सबैको उद्धार गर्न सकिएका कारण ठूलो क्षति हुनबाट जोगिएको डीएसपी श्रेष्ठले बताए । बसलाई क्रेनको सहायताबाट बाहिर निकालिएको थियो।

Logo