देब बहादुर गुरुङद्वारा एनआरएनए चुनावमा उम्मेदवारी घोषणा

देब बहादुर गुरुङद्वारा एनआरएनए चुनावमा उम्मेदवारी घोषणा


काठमाडौं । देब बहादुर गुरुङले गैर आवासीय नेपाली संघ (एनआरएनए) को आशन्न चुनावमा न्यु साउथ वेल्स राज्यको उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । १९ वर्षकै कलिलो उमेरमा लाहेर बनेका गुरुङ १६ वर्ष बेलायतको सेनामा सेवा गरेका थिए ।

त्यसलगत्तै उनले करिब ११ वर्ष अस्ट्रेलिया सेनामा समेत काम गर्ने मौका पाएका थिए । सानै देखि समाज र देशका लागि केही गर्नुपर्छ भन्ने दृढ स्वभावका गुरुङ एनआरएनए अस्ट्रेलियाको चुनावमा न्यु साउथ वेल्स राज्यको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । गरिब, दुखीहरुलाई मनदेखि नै सहयोग गर्न पछि नहट्ने स्वभावका गुरुङले नेपाली समाजका लागि थुप्रै पदमा बसेर काम गरिरहेका छन् ।

उनले सन् २००९-२०१३ सम्म गुरुङ तमु समाज सिड्नीको अध्यक्ष, २०१३-२०१७ सम्म गोर्खा नेपलिज कम्यूनिटीको उपाध्यक्ष र सदस्य, २०१७-२०१९ एनआरएनए अस्ट्रेलियाको राष्ट्रिय सचिव लगायतका पदका काम गरिसकेका छन् ।

लामों समय एनआरएनए लगायत झण्डै एक दर्जन संस्थाहरुमा सल्लाहकारका रुपमा काम गरि सकेका छन् । उनले चुनाव नजिते पनि सधै नेपाल र नेपालीका हक र हितका लागी लड्ने प्रतिबद्धता जनाएका छन् । यसपटकको उमेदवारी दिने क्रममा उनले विभिन्न एजेण्डाहरु उठाएका छन्ः

-फ़ेडरल रेजिस्ट्रेशन पुरा गर्ने र संस्थालाई च्यारिटेबल बनाउने ।

-सदस्यतालाई इन्सेन्टिभ बनाउने र अझ धेरै संख्यामा बृद्धि गर्ने ।

-विद्यार्थीका समस्यालाई नजिकबाट हेर्ने र व्यवस्थित गर्ने ।

-एनआरएनए कार्यालयको व्यवस्थाका साथै हेल्पलाईन अझ प्रभावकारी बनाउने ।

-एनआरएनएको वेबसाइटलाई सुदृढ़ीकरण गर्ने ।

-संस्थालाई व्यवसायिक र मर्यादित ढंगले अगाडि बढाउने ।

-सोसियल वेल्फेर फन्डलाई बृद्धि गराउने र सही ढंगले सुचारु गर्ने ।

-अष्ट्रेलियन सरकारसँग समन्वयन गर्ने र विभिन्न सुविधाहरु हासिल गर्न पहल गर्ने ।

-संस्थालाई पारदर्शी र दुर्दर्शीमा ध्यान दिने।

-सीप ज्ञान र नयाँ सोचहरुलाई प्राथमिकता दिने र सही ढंगले परिचालन गर्ने।

-एनआरएनए संस्थालाई विशुद्ध सामाजिक ढंगले अगाडि बढाउने आदि इत्यादि ।

Logo