टप १० प्लस टु कलेज: एनसीसीएस (भिडियो रिपोर्ट)

टप १० प्लस टु कलेज: एनसीसीएस (भिडियो रिपोर्ट)


एनसीसीएस अर्थात नेशनल कलेज अफ कम्युटर स्टडिज । शिक्षा क्षेत्रमा स्थापित मात्र होइन चर्चित र लोकप्रिय नाम पनि हो यो ।

एनसीसीएस उचाईमा पुगेको कलेज हो । यही कारण यस कलेजमा भर्ना हुन एसईईमा कम्तीमा ‘बी’ ग्रेड प्राप्त गर्नै पर्छ । ग्रेडिङ सिस्टममा आउनुअघि ९० प्रतिशतभन्दा बढी र ग्रेडिङ सिस्टममा आएपछि ९५ प्रतिशतभन्दा बढी रिजल्ट प्राप्त गर्न सफल छ, एनसीसीएस ।

काठमाडौंको प्राइम लोकेशन पकनाजोलमा रहेको एनसीसीएस कम्प्लेक्स् भौतिक पूर्वाधारका कारण पनि आम कलेजभन्दा माथि छ । कलजेको सुन्दर बिल्डिङ, लाइब्रेरी, क्यान्टिनदेखि अतिरिक्त क्रियाकलापले विद्यार्थिहरुलाई सहज वातावरण प्रदान गरिरहेको हुन्छ । अतिरिक्त क्रियाकलाप तर्फ स्पोटर्श, प्रोजेक्टवर्क, कल्चरल प्रोग्राम र एजुकेशनल फिल्ड भिजिटले विद्यार्थीमा कलेजले खोजेको ज्ञान थप गर्ने कुरामा दुईमत छैन । कलेजको आफ्नै क्यालेन्डर पनि रहेको छ ।

सुचना प्रविधी र ब्यवस्थापन विषयमा केन्द्रीत यस कलेजको होटल म्यानेजमेन्ट पनि आकर्षणको विषय हो । यस कलेजमा अध्ययनरत विद्यार्थीहरु कलेजको रमणिय वातावरण प्रति संतुष्ट देखिन्छन् ।

आजभन्दा १७ बर्षअघिदेखि एकेडेमिक क्षेत्रमा समर्पित एनसीसीएस खासगरी गुणस्तरीय शिक्षा प्रदान गर्न क्रियाशील छ । चलेका म्यागेजिन, मिडिया हाउस र विभिन्न प्रकारका सर्बेक्षणहरुमा एनसीसीएस लामो समयदेखि टप १० प्लस टु कलेजको सूचीमा पर्ने गरेको छ । अर्थात कुनैपनि काउन्ड डाउनमा एनसीसीएस छुट्दैन ।

त्यसैगरी काठमाडौंको चण्डोलमा समेत एनसीसीएसको भगिनी संस्था नेशनल क्रिएटिभ कोएजुकेशनल स्कूल एनसीसीएसको प्लसटुमा भर्ना खुलेको छ । उस्तै गौरवशाली रिजल्ट दिईरहेको यो स्कूल समेत विद्यार्थी र अभिभावक माझ प्रिय मानिन्छ ।

प्रस्तुत छ,  कलेजको विस्तृत विवरण समेटिएको भिडियो सामाग्री 

 

Logo