देशभरकै सर्वोकृष्ट कलेज: केएमसी (भिडियो रिपोर्ट)

देशभरकै सर्वोकृष्ट कलेज: केएमसी (भिडियो रिपोर्ट)


प्रयोगात्मक विधिबाट गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको केएमसीले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयमा अध्ययन–अध्यापन गराउँदै आएको छ ।

उत्कृष्ठ नतिजाको पर्याय नै बनेको छ, केएमसी कलेज । नेपाल सरकार शिक्षा मन्त्रालयले २०७४ सालमा सर्वोतकृष्ट नतिजा ल्याए बापत निजीतर्फको उत्कृष्ट उच्च मा.वि. घोषणा गरेको विषयले मात्र होइन आम अविभावक र विद्यार्थीको विश्वास जित्न सक्नुले केएमसी आफैंमा एउटा ब्राण्ड बन्न सफल भएको हो ।

केएमसीले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयमा अध्ययन–अध्यापन गराउँदै आएको छ । १९ बर्षे यात्रामा केएमसी एजुकेशन नेटवर्कले सवै हिसावमा आम कलेजलाई उछिनिसकेको छ ।

चिकित्सा क्षेत्रका विभिन्न अध्ययन संस्थानहरुमा एमबिबिएस अध्ययनकालागि नाम निकाल्ने धेरैजसो टपरहरु केएमसीकै उत्पादनहरु हुने गर्छन् । इन्जिनियरिङ, सिए लगायत आम महत्वपाएका विषयहरुमा पनि केएमसीकै विद्यार्थीहरुले इतिहास रच्दै आएका छन् । समग्रमा सक्षम नागरिक उत्पादन गर्ने कार्यमा केएमसी अगाडि देखिएको छ ।

सुविधायुक्त कक्षाकोठा र हरेक कक्षा कोठामा प्रोजेक्टर जडान गरेको यस कलेजमा आधुनिक कम्प्युटर ल्याब, पुस्तकालय, क्यान्टिन लगायतका सुविधाहरु छन् । यस कलेजले आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार, विकट क्षेत्रका विद्यार्थीलाई उल्लेख्य रुपमा छात्रवृत्तिको समेत व्यवस्था गरेको छ ।

केएमसीे कलेज गुणस्तरिय शिक्षाको लागि देशभरकै सर्वोकृष्ट कलेजमा गनिन्छन् । विज्ञापन र हल्लाखल्लामा विश्वास नगर्ने यस कलेको उत्कृष्टताको प्रमाण भनेकै, वर्तमानको रिजल्ट र विगत विद्यार्थिहरुको प्रगतिमा देखिनेगर्छ । विभिन्न म्यागेजिन र सर्बेक्षणहरुले केएमसीलाई जहिल्यै पनि टप थ्री पोजिसनमा अटाएको हुन्छ । यो तथ्यले पनि केएमसीको लोकप्रियता र आम विश्वास झल्कन्छ ।

विद्यार्थीहरुमा रहेको सिर्जनात्मक क्षमता बढाउनका लागि कलेजमा आयोजना हुने कविता प्रतियोगिता होस् या आर्ट कम्पिटिसन अथवा मिस्टर एन्ड मिस केएमसी होस् वा वादविवाद र वक्तृत्वकला प्रतियोगिता नै किन नहोस् यी सबै विद्यार्थीको व्यक्तित्व विकासका लागि नै सञ्चालन गरिएका अतिरिक्त क्रियाकलापहरु हुन् ।

त्यसैगरी फुटबल, क्रिकेट, बास्केटबल, फुटसल, टेबलटेनिस आदि खेलका माध्यमले पनि विद्यार्थिमा नयाँ उर्जा थप्न प्रयासरत रहन्छ, केएमसी । शैक्षिक भ्रमण, औद्योगिक भ्रमण, हाइकिङ लगायतका कार्यक्रमहरुमा आफ्ना विद्यार्थीहरुलाई सहभागी गराउने कुरामा पनि केएमसी अगाडि रहेको छ ।

यस कलेजमा गुणस्तरिय र व्यवहारिक शिक्षाका लागि अनुभवी शिक्षकहरुको केन्द्र नै निर्माण भइसकेको छ । विश्वस्तरको गुणस्तरीय शिक्षा आजको आवश्यकता हो । जसलाई केएमसीले मज्जासँग ब्यवहारले नै आत्मसाथ गरेको छ ।

प्रस्तुत छ, कलेजको विस्तृत विवरण समेटिएको भिडियो सामाग्री 

 

Logo