‘ट्वीन्स गर्ल्स’ को रोजाई : ट्रिटन इन्टरनेशनल कलेज (भिडियो रिपोर्ट)

‘ट्वीन्स गर्ल्स’ को रोजाई : ट्रिटन इन्टरनेशनल कलेज (भिडियो रिपोर्ट)


उत्कृष्ट शिक्षाका लागि उचित शैक्षिक वातावरण आवश्यक हुन्छ । हो, यही अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसाथ गरेको छ, काठमाडौंको तिनकुनेमा अवस्थित ट्रिटन इन्टरनेशनल कलेजले ।

नेपालको अग्रणी व्यवसायिक कम्पनी डिबी ग्रुप अफ कम्पनीद्वारा संचालित यस कलेजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयविज्ञ तथा शिक्षाविद्हरुको कुशल व्यवस्थापन रहेको छ । विगत १९ बर्षदेखि संचलित यस कलेजले प्लस टु अन्तर्गत साइन्स, म्यानेज्मेन्ट र ह्युमानिटिज, ब्यचलर अन्तर्गत बीसीए, बीबीएस, बीएसडब्लु, बीए र मास्टर अन्तर्गत एमबीएस र एमए तहको अध्ययन अध्यापन गराउँदै आएको छ ।

विद्यार्थीलाई दक्ष र आत्मनिर्भर बनाउने उद्धेश्यका साथ स्थापित ट्रिटन इन्टरनेशनल कलेजमा अध्ययन गरेका विद्यार्थीहरु अहिले दक्ष व्यवस्थापक, रिसर्चर, सीए, डाक्टर, इञ्जिनियर बन्न सफल भएका छन् ।

एकाइसौं शताब्दीको माग अनुसारको शिक्षा प्रदान गर्दै आएको यस कलेजले गुणस्तरीय शिक्षा, रियल लाइफ ट्रेनिङ, रिसर्च ओरिन्टेशन लगायतको मिसन बोकेको छ । सोही अनुसार कलेज विद्यार्थीहरुलाई आवश्यक विभिन्न प्रकारका काउन्सिल र अतिरिक्त शिक्षा समेत प्रदान गर्दै आएको छ ।

जीवन उपयोगी शिक्षा प्रदान गर्न अग्रसर यस कलेजले प्लस टु को पाठ्यक्रमलाई व्यवहारिक र प्रयोगात्मक ढंगले अध्ययन अध्यापन गराउँदै आएको छ । विद्यार्थीहरुलाई सम्बन्धित विषयविज्ञहरुसँग नियमित भेटघाट गराउनेका साथै मल्टीमिडिया र म्यानुअल पद्धतीलाई समेत अपनाउँदै आएको छ ।

यस कलेजले विद्यार्थीको पढाईलाई उत्कृष्ट बनाउनका लागि आवश्यक अत्याधुनिक साइन्स तथा कम्प्युटर ल्यावहरु स्थापना गरेको छ । साथै विद्यार्थीहरुको क्षमताको कदर गर्दै थप प्रोत्साहनका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था पनि गरेको छ ।

खेलकुदले विद्यार्थीको अध्ययनलाई थप प्रभावकारी बनाउने कुरालाई हृदयगमन गर्दै यस कलेजले आफ्नै क्रिक्सल र फुटसल निर्माण गरेका छन् भने क्रिकेटका राष्ट्रिय खेलाडी शरद भेष्वाकर ब्राण्ड एम्बास्डर नियुक्त भएका छन् । यसका साथै कलेजले फुटसल, बास्केटबल, ब्याडमिन्टनलगायतका प्रतियोगिताहरु पनि सञ्चालन गर्दै आएको छ । विद्यार्थीको व्यक्तित्व विकासलाई मध्यनजर गर्दै कलेजले विभिन्न प्रकारका बौद्धिक प्रतियोगिताहरु समेत संचालन गर्दै आएको छ ।

कलेजको भौतिक इन्फ्रास्ट्रचर त लोभलाग्दो छ नै साथसाथै शिक्षामैत्री इन्फ्रास्ट्रचरले विद्यार्थीहरुको ध्यान पढाईमा केन्द्रित हुने कुरामा दुईमत छैन । कलेजले सुविधासम्पन्न कक्षाकोठा, सफा सुग्घर रेष्टरुम, सुविधासम्पन्न बस, पारिवारिक वातावरणको होस्टेललगायतको सुविधा उपलब्ध गराएको छ । त्यस्तै पढाईबाट थकित विद्यार्थीहरुलाई रिफ्रेशमेन्ट गराउनका लागि इको फ्रेन्डली क्याफेको सुविधा दिइएको छ, जसमा रुटिन अनुसारको हाइजेनिक खानेकुरा उपलब्ध हुन्छ ।

साइन्स, ह्युम्यानिटिज र म्यानेज्मेन्टको बेन्चमार्क बन्ने भिजनका साथ अघि बढीरहेको यस कलेजले आफ्ना विद्यार्थीहरुलाई योग्यता अनुसारको अवसरहरु समेत प्रदान गर्दै आएको छ । ‘फ्रेन्डली’ वातावरणमा उत्कृष्ट नतिजा हासिल गर्न चाहने विद्यार्थीका लागि उचित गन्तब्य हो- ट्रिटन इन्टरनेशनल कलेज ।

प्रस्तुत छ, कलेजको विस्तृत विवरण समेटिएको भिडियो सामाग्री 

 

Logo