टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमतीसहित २ जना घाइते

टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमतीसहित २ जना घाइते


अर्घाखाँची । टिपरको ठक्करबाट अर्घाखाँचीमा एक जनाको ज्यान गएको छ । सितगंगा –२ सितापुर नेपानेका ५५ वर्षिय हरि वलीको टिपरको ठक्करबाट ज्यान गएको हो ।

दुर्घटनामा परि मृतकवलीका श्रीमती ५० वर्षिया सीता वली र कपिलवस्तु बुद्धभुमी १ भेलाईका ५० वर्षिय अटो चालक तारा बहादुर टण्डन घाइते भएका छन् । सीताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको बसन्तपुर चोक नजिकै शुक्रबार बिहान गोरूसिङ्गेबाट बिरपुर जाँदै गरेको रा १ ख १६३९ नम्बरको टिपरले भेलाईबाट गोरूसिङगे जाँदै गरेको लु १ ह २५१२ नम्बरको अटोलाई ठक्कर दिँदा अटोरेक्सामा सवार वलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुवैजनाको ४ नम्बर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

Logo