तीन वटा प्रदेशका मुख्यमन्त्री विदेश भ्रमणमा

तीन वटा प्रदेशका मुख्यमन्त्री विदेश भ्रमणमा


काठमाडौं,
प्रदेश नं. १, ३ र ५ का मुख्यमन्त्री विदेश भ्रमणमा रहेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अमेरिका, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चीन भ्रमणमा रहेका छन् । मुख्यमन्त्री राई अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिको रूपमा असार १६ गते अमेरिका गएका हुन् ।

प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीकृत बमोजिम मुख्यमन्त्री राई अमेरिका प्रस्थान गरेको मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुर्व सुवेदीले बताए ।

त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल ५ दिने भ्रमणमा चीनमा रहेका छन् । प्रदेश ३ सँग भगिनी सम्बन्ध कायम भएको चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा उनको नेतृत्वमा मंगलबार ७ जनाको टोली चीन गएको हो ।

यता प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि चीन भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नागरिकबाट

Logo