आँप खादै हुनुहुन्छ ? एक पटक यो पढ्नुहोस् त

आँप खादै हुनुहुन्छ ? एक पटक यो पढ्नुहोस् त


फलफुलको राजा आँप सबैलाई मनपर्ने फल हो । गर्मीको मौसममा पाइने आँप निकै स्वादिलो हुन्छ । बजारमा आँप निस्किसकेको छ । भिटामिन र मिनिरल्सले भरिपूर्ण आँप हाम्रो स्वास्थ्यको लागि पनि उत्तिकै फाइदाजनक मानिन्छ ।

मौसमी फलफुल खानुपर्छ त भनिन्छ तर कुनै–कुनै फलफुलले हामीलाई फाइदा भन्दा पनि नोक्सान गरिरहेको हुन्छ । कुनै–कुनै रोगको बिरामीले भने आँप खानु हुँदैन् । त्यस्ता रोगीलाई आँपले स्वास्थ्यमा नकारात्मक असर पार्छ । हेरौ, कुन कुन रोगीले आँप खानुभन्दा अघि ध्यान दिनुपर्छ ।

अर्थराइटिसः
अर्थराइटिसको बिरामीले आँप खाँदा झन समस्या थपिन सक्छ । त्यसैले अर्थराइटिजको बिरामीले आँप खानु पूर्व ध्यान दिनु जरुरी हुन्छ । आँप आएपछि बिरामीको दुखाई बढ्छ । अमिलो आँप खाएमा जोर्नीको दुखाई बढ्छ । साथै जोर्नी सुन्निन्छ ।

मधुमेहः
मधुमेहको बिरामीलाई आँप खान मनाही हुन्छ । किनभने आँपमा सुगरको मात्रा बढी हुने भएकोले आँप खाँदा शरिरमा सुगरको मात्रा बढ्छ । डाक्टरहरु पनि मधुमेहको बिरामीले आँप खान नहुने बताउँदै आएका छन् ।

छालामा समस्याः
गर्मी महिनामा अनुहारको छालामा डन्डिफोर, पानी फोका आउने जस्ता समस्या भएकाहरुले आँप खानबाट बच्नुहोस् । आँप खाँदा अनुहारमा डन्डिफोर आउँछ । छालाको समस्या भए आँप कममात्रामा मात्र खानुहोस् ।

एलर्जी भएकालेः
आँपबाट चोप निस्कन्छ । टुप्पोतिरको भागबाट तरल पदार्थ निस्किरहेको हामी सजिलै देख्न सक्छौ । यसलाई राम्रोसँग पखालेर खाइएन भने एलर्जी आउन सक्छ । त्यसैले एलर्जीको समस्या हुनेहरुले आँपको सेवन गर्दा ध्यान दिनुहोस् । आँप खान मनलागेमा टुप्पो काटेर पानीमा एकछिन डुबाउने । जसले गर्दा आँपको चोप निस्कन्छ र शरिरलाई हानी पनि गर्दैन् ।

मोटोपन बढाउँछः
जो महिला मोटोपनको शिकार भएका छन् । यस्ता महिलाले निकै सोचेर मात्र आँप खानुहोस् । किनभने धेरे आँप खाँदा मोटोपन बढ्न थाल्छ । झन तौल घटाउने सोचमा हुनुहुन्छ भने त आँप खाँदै नखानुहोस् । हुन त आँप शक्ति दिने फल हो । यसको सेवनले शरिरमा भरपूर मात्रामा सुगर उपलब्ध गराउँछ । एक मिडियम साइजको आँपमा १५० ग्राम क्यालोरी पाइन्छ । शरिरमा चाहिने भन्दा बढी मात्रामा क्यालोरी भए तौल बढ्न थाल्छ ।

पेट खराब हुन्छः
यदि तपाईको पेट खराब भइरहन्छ भने आँप खानबाट बच्नुहोस् । यस्तोमा आँप खाँदा पेट झन खराब हुन्छ । पाचन प्रक्रियामा पनि समस्या छ भने आँपको सेवन निकै कम गर्नुपर्छ । धेरै आँप खानबाट बच्नुहोस् । धेरै आँप खाँदा झाडापखाला लाग्ने, आँउ पर्ने हुन सक्छ ।

Logo