काठमाडौं,
सामाजिक संजाल फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्स एपमा गए रातीदेखि देखिएको समस्या समाधान भएको छ । यो एप्स पुरै ठप्प नभएपनि यसका केही फिचरमा समस्या देखिएको थियो । अहिले फेसबुकले समस्या हटिसकेको जनाएको छ । यो एप्सका साथ मुख्य समस्या तस्बिर र भिडियोलाई लिएर भइरहेको थियो ।
फेसबुक वेबसाइट तथा एप्सको न्यूजफिडमा तस्बिर लोड भइरहेको थिएन भने इन्स्ट्राग्राममा पनि यस्तै समस्या भएको थियो । ह्वाट्सएपमा पनि तस्बिर र भिडियो पठाउन तथा डाउनलोड गर्न समस्या भएको थियो । कतिपय प्रयोगकर्ताले फेसबुकमा तस्बिर, भिडियो वा अन्य डेटाको एप्स वा वेबसाइट दुवै स्थानमा एक्सेस नपाएको बताएका थिए ।
इन्स्ट्राग्राममा पनि स्टोरी देख्न गाह्रो हुनुको साथै तस्बिर लोड हुन पाएका थिएनन् । समस्या आएपछि भएपछि फेसबुकले ट्विट गर्दै आफूलाई यो समस्याका बारेमा जानकारी रहेको र यसमा काम भइरहेको जनाएको थियो ।
प्रतिक्रिया