के तेल लगाउँदा मात्र कपाल बाक्लो र लामो हुन्छ ?

के तेल लगाउँदा मात्र कपाल बाक्लो र लामो हुन्छ ?


तेल लगाउँदामात्र कपाल बाक्लो र लामो हुन्छ भन्ने धारणा छ । कपाल मजबुत बनाउनको लागि नियमित रुपमा कपालमा तेल लगाउनु राम्रो हुन्छ । कपालमा तेल नलगाए कपाल टुक्रने, झर्ने र कपाल बिग्रने हुन्छ भन्ने लाग्छ । कपालमा पोषणको लागि तेल लगाउनु जरुरी त हुन्छ । तर कपालमा तेल नलगाइकन पनि कपाल राम्रो बनाउन सकिन्छ ।

केरा र कागतीको पेष्ट लगाउनेः
कपालको लागि केरा र कागती धेरै राम्रो हुन्छ । एउटा पाकेको केरा मुछ्ने त्यसमा दुई चम्चा कागतीको रस राम्रोसँग मिसाउने । त्यसपछि उक्त पेष्टलाई कपालमा राम्रोसँग लगाउने र २० मिनेटसम्म छोड्दिने । २० मिनेट पछि कपाल राम्रोसँग पखाल्ने । यो पेष्ट कपालको लागि एकदमै राम्रो हुन्छ । जसले कपालमा चमक ल्याउन मद्दत गर्छ ।

काँचो दुध र अण्डाको पेष्टः
काँचो दुध र अण्डाको पेष्ट कपालको लागि फाइदाजनक हुन्छ । यसले कपालको चमक आउँछ । काँचो दुध र अण्डाको पेष्ट बनाउनको लागि अण्डालाई काँचो दुधमा मिसाउनुपर्छ । त्यसपछि उक्त पेष्टलाई कपालको जरा जरामा राम्रोसँग लगाउने । पेष्ट लगाएर एक घण्टासम्म छोड्ने । त्यसपछि कपाल पखाल्ने । यसले कपालमा चमक मात्र आउँदैन् । कपाल बाक्लो र बलियो पनि हुन्छ ।

बेसन, एप्पल साइडर भेनेगर र मेवाको पेष्टः
कपालको लागि बेसन र मेवाको पेष्ट एकदमै राम्रो हुन्छ । यसले कपाल बाक्लो र बलियो हुन्छ । बेसन र मेवाको पेष्ट बनाउनको लागि मेवालाई स–सानो टुक्रामा काट्ने । टुक्रा पारिसकेपछि हातले मोल्ने । मुछिसकेपछि त्यसमा बेसन र एप्पल साइडर भेनेगर मिसाएर पेष्ट तयार पार्ने । यस पेष्टलाई कपालमा लगाउने । र आधा घण्टा छोडिदिने । आधा घण्टापछि कपाल पखाल्ने । यसले कपाल बाक्लो र बलियो बनाउनुको साथै चाँयाबाट पनि मुक्त पार्छ ।

दहीको पेष्टः
कपालमा दही पनि लगाउन सकिन्छ । दहीबाट कपालमा पोषण मिल्छ । यसको लागि कपाल नुहाउनु अघि टाउकोको अगाडिको भाग (स्कल्प) मा दही लगाउने र आधा घण्टा छोड्दिने । त्यसपछि स्याम्पु गरिदिने । दही लगाएपछि कपालमा कन्डिसनर लगाउनु जरुरी हुँदैन् ।

Logo