तपाईको बच्चा किन घुलमिल हुँदैन् ? के यो त होईन कारण

तपाईको बच्चा किन घुलमिल हुँदैन् ? के यो त होईन कारण


बुलिङ एक समस्या हो । जसको सामना हरेक मानिसले बाल्यकालमा गरेका हुन्छन् । बच्चालाई उनको साथीहरुले जिस्काउने, चिड्याउने गर्नुलाई बुुलिङ भनिन्छ । कुनै नामले जिस्काउने जस्तो मोटो भए मोटी वा मोटे, कुनै जनावरसँग तुलना गरेर जिस्काउने गर्नु नै बुलिङ हो । यो एक भयानक समस्या हो । नकारात्मक तरिकाले बच्चा प्रभावित हुन्छन् । बच्चाको कन्फिडेन्स लेभल गुम्दै जान्छ ।

बच्चाको मानसिक विकासमा असर पार्छ । धेरैजसो बच्चाले यस्तो समस्या आफै निम्त्याउँछन् । तर कोहि बच्चा डराउँछन्, कसैसँग बोल्न मन गर्दैनन् । एक्लै बस्न मनपराउँछन् । कोहि स्कुल जान मान्दैनन् र के कारणले स्कुल नजाने त्यो पनि भन्दैनन् । लामो समयसम्म यस्तो समस्याबाट बच्चा जुधिरहेमा बच्चा डिप्रेसनको शिकार हुन्छन् । बच्चा कुलतमा फस्ने, आत्महत्या गर्ने यहि कारण हुन् ।

अभिभावकले बच्चाको व्यवहारमा बदलाव आएको छ भने सर्तक हुनुपर्छ । बच्चा यस्तो समस्याबाट गुज्रिरहेको छ भने उनलाई सर्पोटको आवश्यकता हुन्छ । अभिभावकको साथ र सहयोगले बच्चाको गुमेको आत्मविश्वास बढाउन सकिन्छ ।

बच्चासँग जोडिएको प्रश्न गर्नेः
बच्चाको स्कुलसँग जोडिएका हरेक सानो–सानो कुरा सोध्ने र उनको व्यवहार प्रति पनि ध्यान दिने गर्नुपर्छ । उनको साथी वा सिनियर दिदी दाजुले उनलाई सताउने, जिस्काउने वा इरिटेट गर्ने त गरेका छैनन् ।

उनको दैनिक क्रियाकलापसँग जोडिएको हरेक कुरा याद गर्नुपर्छ । पहिलाको तुलनामा बच्चाको बानी बदलिएको छ कि छैन् । धेरै शान्त हुने, बोल्न नमान्ने वा धेरै आक्रामक व्यवहार गरिरहेको छ भने बच्चासँग बुझ्नु जरुरी हुन्छ । फकाएर सोधे बच्चाले आफ्नो समस्या सजिलै भन्न सक्छ ।

बच्चाको साथी बन्नेः
अभिभावकहरुले आफ्नो बच्चासँग साथीको जस्तो व्यवहार गर्नुपर्छ । जसले गर्दा उनीहरुले हरेक समस्या विना संकोच सेयर गर्छन् । अभिभावकहरु जागिरे भएकोले बच्चासँग धेरै समय बिताउन मुस्किल हुन्छ । प्राय बच्चा एकल परिवारमा हुर्कने भएकोले बच्चाले आफ्नो कुरा सेयर गर्ने मौका पाउँदैनन् । बच्चासँग धेरै भन्दा धेरै समय बिताएमा उनीहरुलाई मनको कुरा सेयर गर्न गाह्रो हुँदैन् ।

हेलिकप्टर प्यारेन्टिङ बन्द गरौंः
धेरैजसो अभिभावकहरु बच्चाको स–सानो कुरामा जरुरत भन्दा धेरै सक्रिय हुन्छन् । र लगातार उनीहरुलाई मनिटर गर्छन् । बच्चाले काम ठिकसँग गरेको छ वा छैन् भनेर सोधिरहने हेरिरहने गर्नाले उनीहरुमा नेगेटिभ असर पर्न जान्छ । र बच्चा इरिटेट हुन्छ ।

यस्तो स्थितिमा अभिभावकसँग बच्चाले आफ्नो कुरा सेयर गर्न चाहदैनन् । स्कुलको पढाई र बच्चाको दैनिक काम बाहेक खेल्नको लागि पनि समय दिनुपर्छ । खेलकुदले बच्चा मेन्टली रिल्याक्स हुन पाउँछन् । आमाबुवा र बच्चाबीचको प्रेम पनि बढ्छ । घरको माहोल ठिक भएपछि बच्चाले सबै कुरा सेयर गर्छन् ।

Logo