काठमाडौंको फोहोर भोलिबाट उठाइने

काठमाडौंको फोहोर भोलिबाट उठाइने


झन्डै एक सातादेखि उठ्न नसकेको काठमाडौँको फोहोर भोलि (सोमबार) बाट उठाइने भएको छ।

आन्दोलनरत सिसडोलवासी र काठमाडौं महानगरपालिकाका अधिकारीबीच सहमति जुटेसंगै फोहोर उठ्ने भएको हो । दुई पक्षबीच आइतबार सहमति जुटेको हो।

सहमति अनुसार स्थानीयको माग पूरा गर्नका लागि १३ सदस्यीय समिति गठन गरिएको छ ।  उक्त समितिले सिफारिस गरेअनुसार महानगरले माग पूरा गर्ने सहमति भएको छ ।

नुवाकोटको सिसडोलबासीले प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने लगायतका माग राख्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए । शनिबार अवरोध हटाउन पुगेका प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो ।

Logo