अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो


नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य वृद्धि गरेको छ ।

संघले आजैदेखि लागू हुने गरी कृषकले पाउने मूल्य बृद्धि गरेको हो । मूल्यबृद्धिपछि ठूलो अण्डाको प्रतिक्रेट दुईसय ५५ र मध्यम अण्डाको प्रतिक्रेट एक सय ७० कायम गरिएको छ।

यसअघि कृषकले ठूलो अण्डाको प्रति क्रेट दुईसय र मध्यम अण्डाको प्रतिक्रेट  एकसय १५ पाउँदै आएका थिए । अब प्रति अण्डाको लागत मूल्य १० रुपैया पर्न जान्छ तर कृषकले सात रुपैयामा वितरकलाई बिक्री गर्दै आएका थिए ।

यो कृषकका लागि गरिएको मूल्यवृद्धि भएकाले उपभोक्ताका लागि लागू हुदैन ।

Logo