“मुलुकले अनुदान र ऋण भन्दा पनि लगानी खोजिरहेको छ”- प्रधानमन्त्री

“मुलुकले अनुदान र ऋण भन्दा पनि लगानी खोजिरहेको छ”- प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले  अहिले मुलुकले अनुदान र ऋण भन्दा पनि लगानी खोजिरहेको बताएका छन् ।

पराराष्ट्र नीति सम्बन्धि राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपालको अहिलेको आवश्यकता लगानी हो, अनुदान र ऋण होइन त्यसैले सरकारले विदेशी लगानीकर्ताहरुलाई स्वागतका लागि कसरत गरिरहेको छ।’

प्रधानमन्त्री ओलीले  बाह्य सम्बन्ध बिस्तारमा सरकारले एकलौटी ढंगले काम नगर्ने बताउंदै ठूला राजनीतिक दलको परराष्ट्र नीति एउटै हुनुपर्ने बताए । छिमेकीसहित सबै राष्ट्रहरुलाई हेर्ने सरकारको नीति एउटै हुनुपर्ने भन्दै ओलीले त्यसैका लागि सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा लिएर अघि बढिरहेको बताए ।

कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने भन्दै ओलीले राज्यको आधारमा सार्वभौमसत्तामा कुनै असर नपर्ने बताए । प्रधानमन्त्री ओलीले छिमेकी भारतसँगको सम्बन्धमा बेला बेला खटपट चलिरहने बताउदै त्यो अन्त्यका लागि प्रयास भइरहेको पनि बताए ।

Logo