#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341565871018789771064025427158
नेपाल778174982089156428

ह्वाट्स एप मार्फत् मोवाइल बिग्रिदै

विश्वकै लोकप्रिय मेसेन्जिङ एपको रुपमा रहेको ह्वाट्स एपमा पछिल्लो पटक बगको खतरा मडारिन थालेको छ । मेसेन्जिङ एपको रुपमा सर्वाधिक स्पाम आउने यो एपमा पछिल्लो पटक एउटा बग देखा परेको छ । यो बगलाई कुनै पनि प्रयोगकर्ताले चलाएमा यसले मोवाइलको अपरेटिङ सिस्टम समेतलाई क्र्यास गर्ने गरेको छ ।

फरवार्ड मेसेजको रुपमा आउने यो बगलाई प्रयोगकर्ताले ट्याप गरेमा यसले मोवाइलको अपरेटिङ सिस्टमलाई नै बिगार्ने गरेको छ । यो दुर्घटनामा धेरै जसो एण्ड्रोइड अपरेटिङ सिष्टमका प्रयोगकर्ताहरुको मोवाइल रहेका छन् ।

यो समस्यालाई नजिकवाट नियाली रहेको स्ल्यास गियर कम्पनीका अनुसार ह्वाट्स एपका प्रयोगकर्ताहरुको च्याट बक्समा एक किसिमको मेसेजहरु पठाईएको छ । उक्त मेसेजलाई ट्याप गर्दा एपमा रहेका लुकेर रहेका सिम्बलहरु खुल्छन् र यसले एप र अपरेटिङ सिष्टमलाई क्र्यास गर्ने गरेको छ । यसरी पठाईने मेसेज दुई किसिमको रहेको छ । एउटा मेसेजका कालो थोप्ला रहेको छ जून चेतावनी दिने किसिमले आउने गरेको छ । यो मेसेजले प्रयोगकर्ताहरुलाई केही उत्सुकता जगाउछ र प्रयोगकर्ताले खोल्ने प्रयास गर्छन् । अर्को मेसेज बम रहेको छ । यो कुनै चेतावनी विनानै आउने गर्छ । यो मेसेजलाई खोल्दा प्रयोगकर्ताको मोवाइललाई क्र्यास गर्ने गर्छ ।

हालै आयोजना भएको एफ एट डेभलपर कन्फ्रेन्समा फेसबुकमा सिइओले ह्वाट्स एपका दैनिक ४५ करोड प्रयोगकर्ताहरु रहेको जनाएका थिए । पछिल्लो पटक देखा परेको यो बगले कति मोवाइलहरुलाई निस्क्रिय बनायो त्यो जानकारी अझै पनि आएको छैन ।

सम्बन्धित समाचारहरु