प्रधानमन्त्रीद्वय ओली र मोदीको ‘ड्रेस कम्बिनेशन’

भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुरस्थित जानकारी मन्दिरमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको ड्रेससंग मिल्ने पोशाक लगाएका छन् ।

ओलीले र मोदी दुबैले उस्तै रंगको कुर्था पाइजा लगाएका छन् । गम्छा भने फरक-फरक छ। ओलीले नेपाली टोपी लगाएका छन् भने मोदीलाई मन्दिरका पुजारीले बिशेष टोपी लगाई दिएका छन् ।

प्रधानमन्त्री ओलीको निमन्त्रणामा मोदी दुई दिने नेपाल भ्रमणमा आएका हुन् ।