जनकपुरको साँचो मोदीलाई हस्तान्तरण

भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधाम उपमहानगरपालिकाको सांकेतिक साँचो हस्तान्तरण गरिएको छ। रंगभूमि स्थित बाह्र बिघामा नागरिक अभिनन्दन गर्दै उपमहानगरपालिका मेयर लालकिशोर साहले साँचो हस्तान्तरण गरेका हुन् ।

मोदीलाई १ सय २१ केजीको माला लगाइएको थियो। दुई दिने राजकीय भ्रमणका लागि मोदी आज बिहान जनकपुर आइपुगेका थिए । जानकी मन्दिरमा मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । 

मोदी आजै काठमाडौं पुगी बिभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।