पढेलेखेकी श्रीमतीलाई २७ वर्षसम्म गृहिणी बनाउँदा २ करोड क्षतिपूर्ति

पढेलेखेकी श्रीमतीलाई २७ वर्षसम्म गृहिणी बनाउँदा २ करोड क्षतिपूर्ति


एजेन्सी । पढेलेखेको श्रीमतीलाई २७ वर्षसम्म घरकै काममा लगाउँदा अर्जेन्टिनामा एक व्यत्तिले २ करोड क्षतिपूर्ति तिर्नुपरेको छ । अर्थशास्त्रमा स्नातक गरेकी श्रीमतीलाई बिवाहपछि घरमै सिमित राखेको भन्दै अदालतले ति पुरुषलाई २ करोड रुपैयाँ क्षतिपूर्ति भर्न आदेश दिएको हो ।

२७ वर्षदेखि आफ्नी श्रीमतीलाई घरकै काममा सिमित गरेर उनको करियर बर्बाद पारेको भन्दै अदालतले क्षतिपूर्ति स्वरुप २ करोड रुपैयाँ तिर्न लगाएको हो ।

एमएल नाम गरेकी ७० वर्षीया महिलाले डीबी नाम गरेका पुरुषसँग १९८१ मा विहे गरेकी थिईन् । तर सन् २००९ मा यी दुईले सम्बन्धविच्छेद गर्ने निर्णय गरे र सन् २०११ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।

त्यसबेला महिलाको उमेर झण्डै ६० वर्षको थियो । उनीसँग जिविकोपार्जनका लागि आम्दानीको कुनै माध्यम थिएन र जागिर गर्नका लागि उनको उमेर पनि रहेन । अन्ततः यो मामिला स्थानीय अदालतमा पुग्यो ।

अदालतमा उनले आफू आर्थिक समस्याबाट गुज्रिरहेको बताइन् । न्यायाधीशले फैसला गर्दै २७ वर्षसम्म पत्नीलाई केवल घरधन्दा मात्र गराउने उनका पतिलाई झण्डै २ करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्तिको रुपमा दिनुपर्ने आदेश दिएका हुन् ।

Logo