मेयर सियाराम कुशवाह जेल चलान

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम प्रसाद कुशवाह जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा उनलाई कारागार चलान गरेको हो ।

हिन्दु युवा संघका अध्यक्ष काशी तिवारी हत्याको घटनामा उच्च अदालत जनकपुरले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई बिहिबार काठमाडौंमा पक्राउ परेको थियो ।

तिवारीको २०६७ साल असार १२ गते गोली हानी हत्या भएको थियो ।