असि वर्षिय हरिजित : जसले अनसन बसेरै गाउँमा मोटर कुदाए

असि वर्षिय हरिजित : जसले अनसन बसेरै गाउँमा मोटर कुदाए


बैतडी,
जिल्लाको दशरथचन्द नगरपालिका १ गुरुखोलाका हरिजितसिंह टेर ८० बर्ष पुगे । एउटा हातमा टेक्ने लट्ठी अर्को हातमा बोट बिरुवा । हरेक दिन जसो बजारमा भेटिन्छन् । कहिले फलफुल त कहिले तरकारीका बिरुवा । फलफूलको बिरुवा बिक्री गरेरै उनको दैनिकी चलेको छ ।

हरिजितको स्वभाव अचम्मको छ । केबल आफ्नो काम मात्रै अघि सर्दैनन् समाजसेवाका लागि पनि ध्यान दिन्छन् । २ बर्ष अघि उनी गाउँमा सडक ल्याउनु पर्ने माग राख्दै अनसन बसेका थिए । तत्कालीन समयमा उनको चर्चा व्यापक भएको थियो ।

उनकै अनसनका कारण गाउँमा अहिले सडक पुगेको छ । गाउँमा सडक पुग्नुमा हरिजितको अनसनको महत्वपुर्ण भुमिका रहेको स्थानियबासि तथा जनप्रतिनिधि समेत बताउँछन् ।
उनका घरमा छोरा बुहारी पनि छन् । राम्रै कमाई गर्छन् । हरिजितलाई लाग्छ ‘सकुन्जेल आफ्नो लागि आफैं केही गर्नुपर्छ ।’ तन्नेरी हुँदैमा बोटबिरुवाको ब्यवसाय सुरु गरेका थिए । उमेरको हिसाब गर्ने हो भने बसेर खाने बेला हो । तर, उनको सक्रियता कुनै तन्नेरीको भन्दा कम छैन ।

यो सिजनमा मात्रै उनको बारीमा एकहजार बढि गोलभेडाका बिरुवा तयारी अवस्थामा छन् । एउटा बिरुवाको २५ रुपयाँका दरले दैनिक ५० वटासम्म बिरुवा बिक्री गर्ने गरेको उनको भनाई छ । बिरुवा बिक्रीवाटै दैनिक ५ सयदेखि १ हजार सम्म कमाई हुने गरेको बताए ।
राजधानीबाट

Logo