जब ‘झुक्किएर’ प्रहरीले पत्रकारलाई पक्राउ गर्‍यो

जब ‘झुक्किएर’ प्रहरीले पत्रकारलाई पक्राउ गर्‍यो


काठमाडौं । प्रहरीले पत्रकार संगीत श्रोतालाई पक्राउ गरेको छ । प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अघिल्तीरबाट प्रहरीले नयाँ पत्रिकामा कार्यरत पत्रकार श्रोतालाई पक्राउ गरेको हो । पक्राउपछि उनलाई सुरुमा प्रदर्शनी मार्गस्थित पुलिस क्लबमा हुँदै महानगरीय प्रहरी बृत्त सिंहदरबार लगिएको थियो ।

प्रहरीले झुक्किएर उनलाई पक्राउ गरेको भन्दै केही बेरमै रिहा गरेको छ । महानगरीय प्रहरी परीसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले विप्लव नेकपा निकट ठाकुरप्रसाद तिमल्सिना ‘रसुवाली कवि’ लाई पक्राउ गर्न गएको टोलीले सँगै रहेका श्रोतालाई झुक्किएर पक्राउ गरेको बताए ।

Logo