लोकप्रिय बन्दै हेमन्त रानाको नयाँ गीत ‘माया बस्यो है’ (भिडियोसहित)

लोकप्रिय बन्दै हेमन्त रानाको नयाँ गीत ‘माया बस्यो है’ (भिडियोसहित)


हेमन्त रानाको नयाँ गीत ‘माया बस्यो है’ को चर्चा चुलिएको छ ।

माया प्रेमका अनेक आयामहरुलाई रमाइलो ढंगले प्रस्तुत गरिएको यो गीतको म्युजिक भिडियो अहिलेसम्म एक लाख भन्दा बढीले हेरिसकेका छन्। यो भिडियो सामाजिक संजालमा पनि छाइरहेको छ।

विशाल पौडेलले एरेन्ज गरेको यो गीतमा गायक रानाकै शब्द र सङ्गीत रहेको छ । यो गीतको भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई, दयाहाङ राई र मेघा प्रधानले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन गायक राना र किरण चाम्लिङ राईले गरेका छन् भने लवेश श्रेष्ठ र  रुबिन प्रधानले खिचेका छन् ।

गायक रानाको यसअघिको गीत ‘साईली’ निकै चर्चित भएको थियो ।

 

Logo