बरफले ढाकिएको ग्रीनल्याण्डको त्यो गाउँ

बरफले ढाकिएको ग्रीनल्याण्डको त्यो गाउँ


काठमाडौं । फोटोग्राफर विमिन चू ले २०१९ मा उपरनविक गाउँको सामुदायिक जीवनका तस्बिर लिनुभन्दा पहिला धेरै वर्षसम्म ग्रीनल्याण्डको यात्रा गरेका थिए । चू आफ्नो यात्रालाई याद गर्दै भन्छन्, ‘म जहाजबाट केबल बरफ नै बरफ देखिरहेको थिए । तर अचानक धेरै टाढा मलाई एउटा केही बस्तु जस्तै देखियो । यो शान्त गाउँको सुन्दरता मेरो कल्पनामा थियो । त्यो मेरो लागि निकै यादगार क्षण थियो ।’

उपरनविक गाउँमा एक हजार मानिस बस्छन् । यो देशको १३ औं सबैभन्दा ठूलो गाउँ हो । चू तस्बिर लिनको लागि ६ दिनसम्म या गाउँमा घुमिरहे र उनले स्ट्रीट लाइटमा हिडिरहेको एक परिवारको तस्बिर खिचे ।

उक्त तस्बिर निकै सुन्दर थियो । पुरै जमिन सेतो बरफले ढाकिएको थियो । तथा साँझको निलो रंगले त्यो सुन्दरतालाई झन मिठास थपेको थियो । चू को यो फोटोलाई शहरी श्रेणीमा विजेता मानियो ।

Logo