बर्डफ्लु संकटग्रस्त क्षेत्रको सुचिबाट मकवानपुर मुक्त

बर्डफ्लु संकटग्रस्त क्षेत्रको सुचिबाट मकवानपुर मुक्त


हेटौंडा,

मकवानपुरलाई बर्डफ्लु रोग संकटग्रस्त क्षेत्र फुकुवा भएको घोषणा गरिएको छ ।

बर्डफ्लु लागेका कुखुरा मारिएसँगै करिब साढे तीन महिनाको निरीक्षण पश्चात् मकवानपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र फुकुवा भएको घोषणा गरिएको हो । कृषि तथा पशुपछी विकास मन्त्रालय पशुसेवा विभागले हेटौंडा–७, नागस्वती क्षेत्रलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

पशुपछी विकास मन्त्रालयको पत्र अनुसार बर्डफ्लु रोग संकटग्रस्त क्षेत्र फुकुवा सम्बन्धमा मन्त्रिस्तरको असार ९ को निर्णय अनुसार हेटौंडा–७, नागस्वतीमा फागुन २७ मा घोषणा भएको बर्डफ्लु रोग संकटग्रस्त क्षेत्र फुकुवा भएको भनिएको छ ।

बर्डफ्लुका कारण हेटौंडा–६, ७ र १६ नम्बर वडाका विभिन्न स्थानमा गरी दुई लाख ८९ हजार कुखुरा मरेका थिए भने ६८ हजार कुखुरा मारिएको थियो । बर्डफ्लुका कारण हेटौंडाको विभिन्न क्षेत्रका करिब ७० वटा खोरमा प्रशासनले शिल गरेको थियो ।

मकवानपुरका ५४ कुखुरापालक किसानको मारिएको ६८ हजार कुखुराको ४ करोड ४२ लाख ११ हजार ७ सय ४६ रुपियाँ क्षतिपूर्ति उपलब्ध भएको छ । बर्डफ्लु प्रमाणित भएको र कुखुरा नष्ट गरिएको खोर सफा गरेर दुई हप्ताभित्र चल्ला हाल्न सकिने प्राविधिकको भनाइ छ ।

‘अब कुखुरापालक किसानले खोरलाई विधिसम्मत् तरिकाले सफा गरेर कुखुरा पाल्न सक्नेछन्,’ मकवानपुर कुखुरा व्यबसायी संघ अध्यक्ष राजु अधिकारीले भन्नुभयो । उहाँका अनुसार बर्डफ्लुका कारण कुखुरा नष्ट गरिएकाहरुको क्षतिपूर्ति वितरण कार्य सुरु भएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Logo