समाजवादी पार्टीका नेता प्रदीप यादव ६ महिनालाई निलम्बित

समाजवादी पार्टीका नेता प्रदीप यादव ६ महिनालाई निलम्बित


काठमाडौं । समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई ६ महिनालाई पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएको भन्दै पार्टीले उनलाई निलम्बन गरेको हो ।

यादवसँगै राजपाका सांसद एकवाल मियाँ गत मेमा भएको कार्यक्रममा सहभागी भएका थिए । नेपाली सांसद स्वतन्त्र तिब्बत माग गर्दै भएको कार्यक्रममा सहभागी भएको खबर सार्वजनिक भए लगत्तै काठमाडौंस्थित चिनियाँ दूतावासले चासो देखाएको थियो ।

चिनियाँ चासोपछि समाजवादी पार्टीले सांसद यादवसँग स्पष्टीकरण सोधेको थियो । यादवको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टी पदाधिकारी बैठकले ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो । तर सांसद पदबाट निलम्बन गर्ने नगर्ने कुनै निर्णय नगरिएको पार्टीले जनाएको छ ।

Logo